नियम १४
प्रदूषण नियन्त्रण सम्बन्धी व्यवस्था
(१) मन्त्रालयले विभागको सिफारिसमा प्रदूषण नियन्त्रण गर्न सघाउ पुन्याउने वैकल्पिक पदार्थ, इन्धन, औजार, यन्त्र वा उपकरणको प्रयोगका लागि आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।

(२) स्थानीय तहले प्रदूषणको प्रकृति अनुसार कुहिने, पुनप्रयोग र पुनर्उत्पादन (रिसाइकल) गर्न सकिने फोहर वर्गीकरण गरी उचित व्यवस्थापन गर्नु पर्नेछ ।

(३) कुनै व्यक्ति, संस्था वा उद्योगले ऐन वा यस नियमावलीमा “तोकिएको शर्त वा मापदण्ड विपरीत फोहरमैला निष्कासन नगर्न सूचना बा निर्देशन गर्दा समेत फोहरमैला निष्कासन गरेको कारणले जनस्वास्थ्य तथा वातावरणमा प्रतिकृल प्रभाव पर्न गएमा सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले आफ्नै खर्चमा त्यस्तो फोहरमैला हटाई सो फोहर हटाउँदा लागेको खर्चमा पचास प्रतिशत रकम थप गरी त्यस्तो फोहरमैला निष्कासन गर्ने व्यक्ति, संस्था वा उद्योगसँग प्रचलित कानून बमोजिम असुल उपर गर्नु पर्नेछ । (४) हिमालय वा उच्च पहाडी क्षेत्रमा हुने: प्रदूषण रोक्न तथा फोहरमैला हटाउनको लागि मन्त्रालयले पर्वतारोहण वा पथ प्रदर्शक सम्बन्धी तालिम वा. अनुभव प्राप्त व्यक्तिलाई पर्वतीय वातावरण संरक्षकको रुपमा _ सेवा करारमा लिई काममा लगाउन सक्नेछ ।